नियम ३२
सम्पत्ति रोक्का सम्बन्धी व्यवस्था
(१) आयोगमा परेको उजुरीको अनुसन्धान तहकिकातको सिलसिलामा कुनै शड्डित वा आरोपित व्यक्ति वा निजको तर्फबाट जमानीको रुपमा/अचल सम्पत्ति, नगद धरौटी वा बैङ्क ग्यारेण्टी लिइएकोमा त्यसको केन्द्रीय अभिलेख अनुसूची-१ ३क. बमोजिम राख्नु पर्नेछ ।

(२) आयोगमा परेको उजुरीको अनुसन्धानको सिलंसिलामा . कुनै शङ्कित वा आरोपित व्यक्तिको वा निजको प्रचलित कानून बमोजिम हक खाने हकदारको नामको चल अचल सम्पत्ति वा विवादित सम्पत्ति, सरकारी वा सार्वजनिक सम्पत्ति वा कसुरजन्य सम्पत्तिको संरक्षणका लागि आवश्यकता अनुसार त्यस्तो सम्पत्ति आयोगले रोक्का राख सक्नेछ र यसरी जग्गा रोक्का राखिएकोमा त्यस्तो जग्गाको विवरण अनुसूची- १३ख. बमोजिम राखुपर्नेछ।